बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं | चैत १५, २०७९

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

 

अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  

 

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

 

मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

 

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्